दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइलकमा सवार २ जनाको मृत्यु
दाङ | बैशाख ४, २०८०
सांकेतिक तस्बिर
दाङ: दाङको घोराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । आज (सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार खैराकै १७ वर्षीय गोपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकलाई ुओभरटेकु गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

